कांग्रेसको महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित

चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड

कांग्रेसको महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित

काठमाण्डौ फागुन ५, नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।
हिजो र अस्ति बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र नेता प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरु संशोधनसहित पारित भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ ।
केन्द्रीय समिति बैठकमा नेताहरुले महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

खबरपाटी
खबरपाटी