सुँगुर र बङ्गुरमा देखिने छिटो फैलिने रोग अफ्रिकन स्वाइन फिभर फैलँलै

सुँगुर,बङ्गुरमा जोखिम, रोगी पशुबाट मानिसमा नसर्ने

सुँगुर र बङ्गुरमा देखिने छिटो फैलिने रोग अफ्रिकन स्वाइन फिभर फैलँलै

काठमाण्डौ – सुँगुर र बङ्गुरमा देखिने छिटो फैलिने रोग अफ्रिकन स्वाइन फिभरु विभिन्न जिल्लामा देखिएको छ । अहिलेसम्म पाँच वटा जिल्ला– काठमाण्डौ, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका, काठमाण्डौको कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग ुअफ्रिकन स्वाइन फिभरु देखिएको सम्बन्धित पालिकाले जनाएका छन् । सङ्क्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको समेत पाइएको छ । रोगको सङ्क्रमण पुष्टि भए पनि पशु सेवा विभागसँग मरेका सुँगुररबङ्गुरको विवरण भने छैन ।
यो सरुवा रोग हो । यो रोगको सङ्क्रमण सुँगुररबङ्गुर तथा बँदेल प्रजातिबाट अरू पशुमा सरेको पाइएको छैन । विभागका वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालका अनुसार सुँगुररबङ्गुर तथा बँदेल प्रजातिका पशुमा सङ्क्रमण भइहाले मर्ने जोखिम उच्च हुन्छ । तर सङ्क्रमित त्यस्ता पशुबाट रोग मानिसमा भने नसर्ने उहाँले बताउनुभयो । यो रोग विशेषगरी रोगी सुँगुररबङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।

रोगका लक्षणहरू स्
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षणसहित सुँगुर, बङ्गुर मर्ने गर्छ । यो रोगको सङ्क्रमण एकबाट अर्कोमा छिटो सर्ने तर प्रभावकारी उपचार नभएको डा। ढकाल बताउनुहुन्छ । विभागले प्रदेश सरकार र पालिकालाई पनि आवश्यक सचेतनाको काम गर्न अनुरोध गरेको छ । विभागले किसानलाई नआत्तिन आग्रह गरेको छ । तर अघिल्लो वर्ष फागुनदेखि शुरु भएको ुलम्पी स्किनु रोगबाट गाईभैँसीमा सङ्क्रमण फैलँदा ७६ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको नेपाल पशु चिकित्सा परिषद्ले दुई महिनाअघि एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । अहिले देखिएको ुअफ्रिकन स्वाइन फिभरु बेलैमा रोकथाम गर्न नसके सुँगुररबङ्गुर पाल्ने किसानले पनि यसैगरी ठूलो आर्थिक क्षति भोग्नुपर्ने हुन सक्छ ।
यसअघि पनि देखिएको थियो ुअफ्रिकन स्वाइन फिभरु
नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ मा पुष्टि भएको थियो । देशका २८ जिल्लाका विभिन्न ठाउँमा सङ्क्रमण देखियो । यो सङ्क्रमणबाट त्यस बेला ७० हजार बङ्गुर र सुँगुर मरेको तथ्याङ्क छ । रोगको निगरानीका क्रममा अहिले फेरि पाँच वटा जिल्लामा पुष्टि भएको हो । विभागले सङ्क्रमण रोकथामका लागि चेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । विश्व पशु स्वास्थ्य सङ्गठनले पनि यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान दिन सिफारिस गरेको छ । त्यसैअनुसार विभागले पनि अहिले जैविक सुरक्षाका विधिलाई पालना गर्न किसानलाई अनुरोध गरेको छ ।
जैविक सुरक्षा विधि स्
– फार्ममा नियमित सरसफाइ गर्ने
– चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका निःसङक्रमणका औषधि छर्ने
– रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्टाएर अलगै गर्ने
– मरेको पशुलाई खाडल खनेर राम्रोसँग गाड्नेरपुर्ने
– पशुको ओसारपसारमा सावधानी अपनाउने, स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुररबङ्गुर वा मासुको ओसारपसार गर्ने
– आफ्नो फार्ममा नियमित अनुगमन गर्ने
– तयारी दानाबाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर खुवाउने

खबरपाटी
खबरपाटी