मौसम सामान्यतया सफा रहने छ,  चिसोबाट बच्न सुझाव

मौसम सामान्यतया सफा रहने छ,  चिसोबाट बच्न सुझाव

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

हाल मौसमको अवस्था 

देशका पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। 

बिहीबारको मौसम

दिउँसोः  कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

रातीः  कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

शुक्रबारको मौसम

दिउँसोः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः  कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

 शनिबारको मौसम

दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक९दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
 चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ । 

खबरपाटी
खबरपाटी