नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

चार देश सम्मिलित महिला टी(२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्। बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एकरएक विकेट लिइन्।

जवाफी ब्याटिङ गरिरहेको जापान ५ ओभरमा १८ रन बनाएर खेलिरहेको छ।

लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि आज जापानसँग खेलिरहेको छ। लिग चरणमा नेपालले जापानलाई ६७ रनले हराएको थियो।

सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।

खबरपाटी
खबरपाटी