मौसम बदली हुँदै हल्का हिमपातको सम्भावना बढ्दै

मौसम बदली हुँदै हल्का हिमपातको सम्भावना बढ्दै

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ। 

तर पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी