भारतीय उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने

भारतीय उद्यमी अनुपम मित्तलले नेपाली क्रिकेटर ललित राजवंशीलाई ब्याट उपहार दिने

काठमाडौं । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्। 

उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख थियो। 

उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका थिए। जसमा आइसिसी एसिया क्रिकेटले प्रायोजनका लागि अनुरोध गर्दा ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् र ब्याटमा प्रायोजन गर्ने उल्लेख गरेका छन्।

मित्तल सादी डटकमका संस्थापक हुन्। उनी भारतको चर्चित रियालिटी सो सार्क ट्याङ्क इन्डियामा समेत छन्। उनले सार्क ट्याङ्कमार्फत ६० भन्दा बढी कम्पनीमा लगानी गरिसकेका छन्।

एसिया कप २०२३ मा नेपालले भारत र पाकिस्तानसँग खेलेपछि नेपाली खेलाडीबारे भारतमा चासो व्यक्त भइरहेको छ।

खबरपाटी
खबरपाटी