वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्ष कैद सजाय हुने गरी भएको फैसला कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाइएको छ ।
‘मोदी’ थरमाथि अपमानजनक टिप्पणी गरेको आरोपमा गुजरातको अदालतले उनलाई कैद सजाय गरेको थियो । सजायविरुद्ध उच्च अदालत हुँदै सर्वाेच्च पुगेका नेता गान्धीलाई केही राहत मिलेको छ ।सर्वाेच्च अदालतले फैसला कार्यान्वयनमा रोक लगाएपछि अब नेता गान्धी सांसद पदमा पुनर्बहाली हुने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर मुद्दाको टुंगो भने मातहत अदालतबाटै हुनेछ । गुजरातकै सत्र अदालतमा गान्धीको मुद्दा विचाराधीन छ, त्यो अदालतको फैसलासँगै सर्वाेच्चको आदेश निष्क्रिय हुनेछ ।