दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो  । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ । 

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरी रहेको बुझिएको छ ।   गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । रासस

खबरपाटी
खबरपाटी