वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसीलको इरशालवाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ तर धेरै जना भग्नावशेषमा फसेको आशङ्का गरिएको छ ।
राइगढको इरशालवाडीमा भग्नावशेषबाट १२ जनाको शव निकालिएको छ । साथै, घटनास्थलमा उद्धारका लागि पुगेका एक उद्धारकर्मीको हृदयाघातका कारण मृत्यु भएको छ ।
अहिलेसम्म १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकोे छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे राइगढ जिल्लामा राहत र उद्धार कार्यको समीक्षा गर्न बिहान घटनास्थलमा पुगी राइगढमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ । रासस