बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते

बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते

काठमाण्डौ – बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ दुबइगैँडामा बिहान ३ बजे माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

इलामबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ८४५९ नम्बरको बस अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी चौकी भकुण्डे र अस्थायी प्रहरी पोस्ट काभ्रे भञ्ज्याङको संयुक्त टोलीले घाइते तीन जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

दुर्घटनामा चालक इलाम नगरपालिकाका लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु बस्ने रिता आपागाई र उहाँका छोरा ९ वर्षीय रितिक घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 
 

खबरपाटी
खबरपाटी