श्रीलङ्काः सरकारी अस्पतालमा भएको मृत्युको पूर्ण छानबिन हुने

श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा हालै भएका मृत्युको पूर्ण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको बताउनुभउको छ ।

श्रीलङ्काः सरकारी अस्पतालमा भएको मृत्युको पूर्ण छानबिन हुने

काठमाडौं । श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा हालै भएका मृत्युको पूर्ण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको बताउनुभउको छ ।

हालैका महिनाहरूमा श्रीलङ्काका सरकारी अस्पतालहरूमा गुणस्तरहीन औषधिका कारण कैयौँ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

 रामबुकवेलाले पत्रकारहरूसँग भन्नुभयो, “श्री जयवर्धनेपुरा विश्वविद्यालयका चण्डिमा जीवन्दराको अध्यक्षतामा गठित समितिमा औषधि र नर्सिङका साथै एलर्जी दुवैको व्यापक ज्ञान र समझ भएका विशेषज्ञहरू समावेश गरिएका छन् ।” 

यस समितिले बिस्तृत अध्यनपछि दिने सुझाबले मुलुकको अस्पतालहरूबाट सेवा लिने जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

खबरपाटी
खबरपाटी