कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री सिंहले १ असार ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । जसमा चालुतर्फ नौ अर्ब २० लाख २४ हजार र पुँजीतर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रहेको छ ।

खबरपाटी
खबरपाटी