काठमाडौं । थाइल्याण्डमा प्रधानमन्त्रीका लागि अग्रगामी उम्मेदवारले आइतबार आफ्ना समर्थकहरूलाई यस हप्ता हुने संसदीय मतदानअघि आफू पछि नहट्ने बताउनुभएको छ ।
पिता लिम्जाको प्रजातन्त्र समर्थक मुभ फरवार्ड पार्टी (एमएफपी_ ले मे १४ को चुनावमा सबैभन्दा बढी सिट जितेको थियो तर सरकार गठन गर्न सक्षम हुने वा उहाँ प्रधानमन्त्री बन्ने कुनै सुनिश्चितता भने देखिएको छैन ।
एमएफपीको आठ दलीय गठबन्धनसँग तल्लो सदनका कुल ३१२ सिट छन् तर यो पिटालाई समर्थन गर्न संसदको दुवै सदनमा आवश्यक पर्ने ३७६ मतभन्दा कम हो ।
थाइल्यान्डको शाही मानहानीसम्बन्धी कानुनमा सुधार गर्न आफ्नो पार्टीले गरेको विवादास्पद दबाब र व्यापारिक एकाधिकारलाई हल्लाउने योजनाका कारण सेनाद्वारा नियुक्त २५० सदस्यीय सिनेटको विरोधको सामना गर्नुपरेको छ ।
यसैबीच, संसद बाहिर, उहाँ हाल बन्द भएको सञ्चार गृहमा शेयर भएको आरोप लागेकाले उहाँ पदका लागि चुनाव लड्न अयोग्य भएको दाबीको बारेमा अनुसन्धान भइरहेको छ । सांसदहरूलाई सञ्चारमाध्यमको शेयरको स्वामित्व लिन अनुमति छैन ।
पिटाले भन्नुभयो, “यस हप्ता राज्यको माथिल्लो र तल्लो सदनमा मतदान हुने महत्वपूर्ण दिनको सामना गर्नु परेको छ ।”
मध्य बैंककमा वर्षामा भेला भएका सयौं समर्थकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ’यदि तपाईं पछि हट्नुभएन भने म पछि हट्ने छैन ।
“यदि हामीले सही निर्णय गर्यौं र थाइल्याण्डलाई मौका दियौं भने हाम्रो देशको विकास हुनेछ,” उहाँले भेलालाई सम्बोधन गर्दै भन्नुभयो ।
तर यदि यो निर्णय गलत भयो भने थाइल्याण्डको कमजोर लोकतन्त्रको चक्र जारी रहने उहाँले बताउनुभयो ।
“मलाई थाहा छैन, जुलाई १३ को सुनौलो मौका फेरि आउन हामीले कति समय पर्खनुपर्छ,” मतदानको मिति उल्लेख गर्दै उहाँले भन्नुभयो ।
पिटाले सिनेटरहरूलाई ‘सबै सांसद जनताका राजनीतिज्ञ हौं’ भनेर सम्झन आग्रह गर्नुभयो ।
उहाँले जनताको पक्षमा छु र जनताको बहुमतको पक्षमा छु भन्नेहरुलाई आफुले धन्यवाद दिने बताउनुभयो ।
युनाइटेड थाइ नेशन पार्टीले गत हप्ता पिटाविरुद्ध प्रतिद्वन्द्वी उम्मेदवार खडा गर्ने वा नगर्ने भन्ने विषयमा विचार गरिरहेको बताएको थियो ।
सन् २०१४ को ‘कू’ पछि सत्तामा आएका र सन् २०१९ को चुनावपछि विशाल गठबन्धन सरकार गठन गरेका कार्यवाहक प्रधानमन्त्री प्रयुत चान–ओ–चाले नयाँ पार्टीको ब्यानरमा पुनः प्रधानमन्त्री निर्वाचित हुन चाहेको देखिएको छ । रासस