यौनसँग जोडिएका सात त्रास, जसले प्राय तनावको माहोल बनाउँछन् !

यौन हाम्रो जिन्दगीको एक महत्वपूर्ण हिस्सा हो । स्वस्थ जीवनका लागि यसलाई जरुरी मानिन्छ ।

यौनसँग जोडिएका सात त्रास, जसले प्राय तनावको माहोल बनाउँछन् !

 

यौन हाम्रो जिन्दगीको एक महत्वपूर्ण हिस्सा हो । स्वस्थ जीवनका लागि यसलाई जरुरी मानिन्छ ।

यद्यपि केही मानिस यौन सम्बन्धबाट त्रसित हुन्छन् । यहाँसम्मकी उनीहरु यौनबारे कुरा गर्न पनि डराउँछन् ।

यौनबारे यस तरिकाको त्रासलाई इरोटोफोबिया भनिन्छ । ​

इरोटोफोबिया मानिसको मनमा यौनबारे धेरै त्रास सिर्जना गर्दछ । यसमा मनमा कैयौं तरिकाका शंका उत्पन्न हुन्छन् ।

यदि यसको समयमै उपचार गरिएन भने एक प्रकारको डिसअर्डरमा बदलिन समय लाग्दैन । जसको असर तपाइँको जीन्दगीमा पर्दछ  । 

कुनै पनि फोबिया जस्तै इरोाटोफोबियाका पनि कैयौं लक्षण हुन्छन् । हरेक व्यक्तिमा लक्षण र अनुभव एक दोस्रोभन्दा फरक हुन सक्छ ।

इरोटोफोबिया कैयौं तरिकाले हुनसक्छ । आउनुहोस् कसरी इरोटोफोबिया हुन्छ जानकारी पाउनुहोस् । 

जेनोफोबिया

जेनोफोबियालाई कोइटोफोबियाका रुपमा पनि चिनिन्छ । यसमा मानिसलाई यौन सम्बन्ध बनाउने एक किसिमको डर उत्पन्न हुन्छ । 

जेनोफोबियाको स्थितिमा मानिस आफ्नो रोमान्टिक सम्बन्धमा चुम्बन या अंगालो हाल्न निकै मन पराउँछन् । तर, यौन सम्बन्ध बनाउन डराउने गर्दछन् । 

इन्टिमेसीको त्रास 

इन्टिमेसी फोबियामा मानिसलाई अन्तरंगताबाट डर लाग्छ । यद्यपि यो सँधै हुँदैन । यस्ता मानिसहरु यौन सम्बन्धबाट नभएर इन्टिमेसीका कारण भावनात्मक लगावबाट डराउँछन् । 

यस्ता मानिसलाई सँधै यो त्रास हुन्छ कि यौन सम्बन्धपछि आफ्नो पाट्नरले छाडेर जानेछ । 

प्याराफोबिया

यौन विकृतिको डर पनि एक प्रकारको फोबिया हो । केही मानिस यस कुराले डराउँछन् कि यौन सम्बन्धका कारण उनमा कुनै प्रकारको विकृति आउन सक्छ ।

साथै केही मानिसलाई यस कुराले त्रसित बनाउँछ कि उनका कारण दोस्रोमा कुनै विकार नआओस् । 

यस फोबियाबाट ग्रसित मानिस आफ्नो बनाएको नियममा यौन सम्बन्धमा मात्रै आनन्द लिन्छन् । केही मानिस कुनै प्रकारको अन्तरंगबाट त्रसित हुन्छन् । 

हाफेफोबिया

यो फोबियामा मानिस छुन पनि डराउँछन् । यस कारण उनीहरुको कैयौं सम्बन्ध प्रभावित हुनसक्छ ।

यो फोबियाका केही मानिस कुनै नादेतारबाट हुने स्पर्शबाट पनि डराउँछन् ।

तर, केही मानिस आवश्यकता भन्दा बढी शारीरिक सम्बन्धबाट पनि डराउँछन् । 

जिम्नोफोबिया

यसमा मानिस न्युडिटीको भयमा रहन्छ । कसैको अगाडि नांगै हुनबाट डर लाग्छ ।

केही मानिस आफ्नो शरीरका कारण पनि शारीरिक सम्बन्ध बनाउनदेखि त्रसित हुन्छन् । 

फिलेमाफोबिया

यसलाई फिलेमेटोफोबिया पनि भनिन्छ । यसमा मानिस चुम्बन गर्नबाट पनि डराउँछन् । यसका कैयौं कारण हुनसक्छन् ।

जस्तै केही मानिस मुखबाट आउने गन्धका कारण पनि डराउँछन् । यसका साथै केही मानिसलाई किस गरेपछि मुखबाट किटाणु सर्छन् भन्ने त्रासका कारण पनि डराउँछन् । 

यस्तो छ काण 

हरेक व्यक्तिमा फरक फरक इरोटोफोबिया हुनसक्छ । कुनै मानिस मनमा आफ्नो अतीतको घटनाका कारण पनि डरमा बाँचिरहेका हुन्छन् ।

यौन शोषण, खराब अनुभव, कुनै सद्मा या मानसिक आघात जस्ता कारणले पनि इरोटोफोबिया हुनसक्छ । यसका साथै केही मानिसमा परफर्मर्स एन्ग्जाइटी पनि हुन्छ ।

जसका कारण पनि मानिस यौन सम्बन्धमा डराउने गर्दछन् । 

के हो उपचार ?

इरोटोफोबिया एक जटिल समस्या हो । प्रायः यसको उपचार कुनै स्वास्थ्य विशेषज्ञबाट नै पाइन्छ ।

सर्टिफाइड यौन थेरापिस्ट यस तरिकाको समस्यामा उपचारका लागि राम्रो मानिन्छन् । 

कैयौंपटक मानसिक स्वास्थ्य प्रोफेसनल पनि इरोटोफोबियाको उपचार गर्नमा सक्षम मानिन्छन् । 

खबरपाटी
खबरपाटी