पिएसजीका गोलकिपर रिकाकोे स्वास्थ्यमा क्रमिक सुधार

मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

पिएसजीका गोलकिपर रिकाकोे स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परी अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहनेछ ।
“सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू) सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहनुभएको थियो । 
उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ । 
“आजदेखि उहाँलाई वार्डमा भर्ना गरिएको छ । उहाँले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नुहुनेछ । 
रिको कोमामा हुनुहुन्थ्यो तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार उहाँ केही दिनदेखि होशमा आउनुभएको छ । फेरि कुराकानी गरिरहनुभएको छ । 
गोलकिपरले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जित्नुभएको थियो र सन् २०२० देखि लगातारपेरिस सेन्ट जर्मेनमा सामेल भइरहनुभएको थियो । रासस 

खबरपाटी
खबरपाटी