अफगानिस्तानको हेरात प्रान्तबाट एक किलो हेरोइन बरामद

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट प्रहरीले दुई जना लागुऔषध तस्करलाई पक्राउ गरी एक किलो हेरोइन बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले बुधबार जानकारी दिनुभएको छ ।

अफगानिस्तानको हेरात प्रान्तबाट एक किलो हेरोइन बरामद

काठमाडौं । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट प्रहरीले दुई जना लागुऔषध तस्करलाई पक्राउ गरी एक किलो हेरोइन बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले बुधबार जानकारी दिनुभएको छ ।

अभियानका क्रममा प्रहरीले मङ्गलबार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न प्रकारका अवैध लागुऔषध समेत बरामद गरेको र थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रवक्ताले जानकारी दिनुभयो ।

हेरात प्रान्तमा विगत चार दिनमा दोस्रो पटक अवैध लागूऔषध ओसारपसार गर्ने तस्करको प्रयासलाई प्रहरीले विफल पारेको छ ।

हेरात प्रान्तको प्रहरीले आइतबार छ जना लागुऔषध तस्करलाई पक्राउ गर्नुका साथै हेरोइन र अफिमलगायत ६ किलो अवैध लागूऔषध बरामद गरेको छ ।

अफगानिस्तानको कामचलाउ प्रशासनले अवैध बाली लगाउने र लागूऔषधसम्बन्धी अपराधनियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ । रासस 

खबरपाटी
खबरपाटी