विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिनुभएको छ।

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिनुभएको छ।
साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिङ्क मार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गर्नुभएको हो।
सो  अवसरमा उहाँले आधिपत्यवाद र शक्तिको राजनीतिको विरोध गर्न, विश्वव्यापी शासन प्रणालीलाई थप न्यायपूर्ण बनाउन र सबैका लागि समान अधिकार, समान अवसर र निष्पक्ष नियमहरू अगाडि बढाउन ठोस र निरन्तर प्रयासद्वारा मानव समाजको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न समेत आह्वान गर्नुभयो। रासस

खबरपाटी
खबरपाटी