
तपाईँको लाइफस्टाइलका कैयौं कुरा यस्ता छन् जसले तपाईँको यौन क्षमतालाई प्रभावित पार्न सक्छन् । तर, केहीले भने सिधै असर गर्दछन् ।
यस्तै एक बानी हो धुम्रपान गर्ने ।
यौन जीवन खराब भएपछि पती पत्नीको सम्बन्ध पनि टाढा हुँदै जान्छ । यो पुरुषका लागि मात्रै होइन महिलाहरुका लागि पनि राम्रो यौन जीवनका लागि खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।
पुरुषका लागि झन् खाने पिउने कुरामा विशेष ध्यान दिनुपर्छ । राम्रो यौन जीवनका लागि पुरुषलाई केही बानीहरु नबासाल्दा नै उत्तम हुन्छ । नत्र तपाइँको यौन क्षमतामा कमी आउन सक्छ ।
यसका साथै नपुंशकता पनि आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।
धुम्रपान यौन क्षमताका लागि सबैभन्दा ठूलो दुश्मन हो । स्वास्थ्यका लागि मात्रै होइन, धुम्रपानले तपाइँको गुप्तांगमा पनि सिधै असर गर्दछ ।
यसले रक्तसञ्चारमा रोकावट उत्पन्न गराउँछ । जसका कारण गुप्तांकमा सिधै असर पर्छ । धुम्रपानले पुरुषमा शिघ्रपतनको समस्या पनि निम्त्याउँछ ।
खासमा तमाखु भएका पदार्थ सेवनले त्यसमा भएको निकोटिनले यौन ड्राइभलाई प्रभावित पार्दछ । यसले कामोइच्छा कम हुन थाल्छ ।
एक सोधका अनुसार पुरुषमा नपुंशकता आउनुमा धुम्रपान नै सबैभन्दा ठूलो कारण हो ।
पुरुषमा यसबाट इनफर्टिलिटी कम हुन्छ । जसबाट तपाइँ पिता बन्ने सम्भावना पनि कम हुँदै जान्छ ।
एजेन्सीको सहयोगमा