वेस्ट बैंकको जेनिनमा इजरायलको सैन्य कारबाहीमा ३ जनाको मृत्यु

इजरायली सेनाले आइतबार राति उत्तरी वेस्ट बैंकको जेनिनमा गरेको सैन्य कारबाहीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

वेस्ट बैंकको जेनिनमा इजरायलको सैन्य कारबाहीमा ३ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले आइतबार राति उत्तरी वेस्ट बैंकको जेनिनमा गरेको सैन्य कारबाहीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

सीएनएनले प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बताएअनुसार इजरायली रक्षा बलले टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा “जेनिन सहर र जेनिन क्याम्पको क्षेत्रमा व्यापक प्रतिआतङ्कवाद प्रयास” सुरु गरेको बताएको छ ।

जेनिनका बासिन्दाहरूले आफूहरूले यस क्षेत्रमा विस्फोट र भारी बन्दुकको आवाज सुनेको बताएको  सीएनएनले  उल्लेख गरेको छ । घाइते प्यालेस्टिनीहरूलाई जेनिन सरकारी अस्पतालमा लगिएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ । जेनिनमा प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमूद अल–सादीले अधिकांश घाइतेहरू “गम्भीर” अवस्थामा रहेको उल्लेख गरेका छन् ।  रासस

खबरपाटी
खबरपाटी