हरिशयनी एकादशी व्रतका दिन विष्णु भगवानको मन्दिरमा देखिएका भक्तजनहरु (फोटो फिचर)

हरिशयनी एकादशी व्रतका दिन विष्णु भगवानको मन्दिरमा देखिएका भक्तजनहरु (फोटो फिचर)

सन्ध्या गौतम । आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

एकादशीका दिन बुढानिलकण्ठ नारायणको मन्दिरमा देखिएको भक्तजनहरुको घुईँचोका केही तस्वीरहरु :

खबरपाटी
खबरपाटी