प्रेमसम्बन्ध टिकाउनलाई यी उपाय अपनाउनुस् !

प्रेम पातलिँदै गएको हो कि भन्ने पनि उनीहरूलाई लाग्न सक्छ । यस्तोमा तान्त्रिक, वैदिक र अन्य उपाय गर्दा प्रेमको अनुभूतिलाई बढाउन सकिन्छ ।

प्रेमसम्बन्ध टिकाउनलाई यी उपाय अपनाउनुस् !

प्रेमसम्बन्धका क्रममा प्रेमी र प्रेमिकाका बीच समस्या आउन सक्छन् । अनि प्रेम पातलिँदै गएको हो कि भन्ने पनि उनीहरूलाई लाग्न सक्छ । यस्तोमा तान्त्रिक, वैदिक र अन्य उपाय गर्दा प्रेमको अनुभूतिलाई बढाउन सकिन्छ ।

धतूरोका बिउलाई नरिवलमा कपूरसँग मिसाएर पिँध्नुस् । अनि दिनदिनै यसको तिलक लगाउनुस् । यसको प्रभावले प्रेम गाढा रहिरहन्छ र प्रेमीको मन अर्को व्यक्तितर्फ जाँदैन ।

भगवान् विष्णु र देवी लक्ष्मीलाई तीन महिनासम्म विधिपूर्वक पूजा गर्दा अनि मन्त्र जप्दा साँचो प्रेमको मनोकामना पूर्ण हुन्छ । यो पूजाको शुभारम्भ शुक्ल पक्षको कुनै बिहीवारबाट गर्नुपर्छ । भगवान् र देवीको सामान्य पूजा गरेपछि ऊँ श्री लक्ष्मीनारायणाभ्यां नमः यो मन्त्र तीन मालाको तीन महिनासम्म लगातार जप गर्नुपर्छ । यसका साथै तीन महिनासम्म प्रत्येक बिहीवार मन्दिरमा प्रसाद चढाउनुपर्छ ।

प्रेमी र प्रेमिकाका बीच भावनात्मक माधुर्य कायम राख्नका लागि भगवान् श्रीकृष्णको मन्दिरमा बाँसुरी र पान चढाउनुस् । प्रेमिकाले हुन्छ नभनेसम्म यो उपाय गरिरहनुस् । त्यसका साथसाथै भगवान् कृष्ण र राधादेवीको प्रेममय तस्वीरमा ध्यान गरेर ऊँ हुं ह्रीं सः कृष्णाय नमः मन्त्र जप गर्नुस् । अनि भगवान् श्रीकृष्णको प्रतिमामा मह छर्किनुस् । यसो गर्दा प्रेमविवाह सम्पन्न हुन्छ ।

एजेन्सीको सहयोगमा

खबरपाटी
खबरपाटी