गर्मीमा स्वस्थ रहन खानुस् यी खानेकुरा

गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ ।

गर्मीमा स्वस्थ रहन खानुस् यी खानेकुरा

 

गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ । 

गोलभेंडा
गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन । 

 

रामतोरिया
गर्मीमा रामतोरिया अवश्य खानुस् । यसमा भएको फाइबरले मुट्लाई स्वस्थ राख्छ । कोलेस्ट्रोल पनि यसले घटाउँछ । 

दही
प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।

खरबुजा
खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ । 
 

ब्ल्याकबेरी र र्‍यास्पबेरी
बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ । 

स्याउ र नास्पाती
यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् । 

ग्रीन टी
गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।

ड्राई फ्रुट्स
गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । 

खबरपाटी
खबरपाटी