अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गर्नुभएको छ । अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको बताउनुभएको छ । यो अवैध षडयन्त्र भएको उहाँले दावी गर्नुभएको छ । 

उहाँले उक्त श्रव्य सामग्री  ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफुहरूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गर्नुभएको छ । 
यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उहाँले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागी सिर्जना गरेको हतियार भएको बताउनुभएको छ । 

“विच हन्ट गर्ने उनीहरू ठग हुन्,” पूर्व राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ । 

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ । रासस

खबरपाटी
खबरपाटी