कमजोरी महशुस भयो ? यी ५ चीज खानुस्

खानपानको सन्तुलन नमिल्दा मानिसलाई विभिन्न समस्याहरू देखिन्छ ।

कमजोरी महशुस भयो ? यी ५ चीज खानुस्

खानपानको सन्तुलन नमिल्दा मानिसलाई विभिन्न समस्याहरू देखिन्छ । जसमध्ये कमजोरी महशुस हुनु पनि एक मुख्य समस्या हो । काम गर्ने जाँगर हराउनु, कमजोरी हुनु स्वास्थ्यका लागि नराम्रो हो । तसर्थ हामीले आफ्नो खानपानमा ध्यान दिनै पर्छ । 

यी ५ चीजको सही सेवनले मानिसमा कमजोरी हराउँछ  ।  

१. पालक 

पालक पोषक तत्वले भरिपूर्ण भएको खानेकुरा हो । जमिनको सबैभन्दा स्वच्छ खानेकुरा मानिएको पालकको सेवनले उर्जा पनि धेरै दिन्छ । पालकमा कम क्यालोरी हुनुका साथै भिटामिन ए, के र फोलेटको समेत राम्रो स्रोत हो । 

२. लसुन 

लसुन खाएपछि अधिकांशलाई मुखमा दुर्गन्ध आउन शुरू हुन्छ । तर लसुनको सेवन हाम्रो शरीरलाईै निकै फाइदाजनक  हुन्छ । लसुनमा ब्याक्टेरियासँग लड्ने क्षमता धेरै हुन्छ भने कोलेश्ट्रोल र ब्लड प्रेशर घटाउन मद्दत गर्छ ।

३. कागती

कागतीको सेवनले शरीरमा क्यान्सरको कोशिकाहरू विकसित हुन रोक्दछ । यस्तै भिटामिन सीको राम्रो स्रोत पनि हो कागती । यसको सेवनले शरीर ताजा भइरहन्छ ।

४. दाल

हामीले भोजनमा प्रायः दाल समेट्ने गरेका हुन्छौँ । यसमा फाइबर र प्रोटिनको भरपूर मात्रा हुन्छ । यसमा हुने पोषक तत्वले वजन घटाउने, उर्जा बढाउने, ब्लड शुगर नियन्त्रण गर्ने काम समेत गर्दछ । 

५. ओखर

ओखरमा भिटामिन ई, ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओखरको सेवनले धमनीमा ओक्सिडेशन कम गर्छ । चिकित्सकहरूका अनुसार, मानिसले हरेक दिन कम्तिमा ८ वटा ओखर खानु आवश्यक हुन्छ ।
 

खबरपाटी
खबरपाटी