कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

काठमाडौं । पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ ।  मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई ९४००, बिलाल ९३८०, इकबाल ९३००, शानो माई ९२८० र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।
घाइतेहरुलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपी विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

खबरपाटी
खबरपाटी