फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र

फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ ।

फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र

काठमाडौं । फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ । 
बिहीबार सम्प्रेषित स्थानीय समाचार अनुसार लुटपाट, पकेटिङ र अन्य अपराधमा वृद्धि भएकोमा सर्वसाधारणले चिन्ता व्यक्त गरेपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो ।  
अपराधहरू प्रायः अवसरवादीहरूद्वारा गरिने र कुनै इलाका विशेषलाई केन्द्रित गर्ने प्रहरीको बुझाइ छ । 
प्रहरीले सुरक्षा सुनिश्चित गर्न सडकमा गस्ती गर्न स्निफर कुकुरहरू समेत प्रयोग गर्ने बताइएको छ ।  राजधानी सुभामा १५ जनाको प्रहरी टोली जतिबेला पनि गस्तीमा रहने र सुरक्षा कडा पारिने बताइएको छ ।  रासस

खबरपाटी
खबरपाटी