सोमवार सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ

सोमवार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।

आज आइतवारकै मूल्यमा छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । 

त्यस्तै चाँदी पनि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको महासङघले जनाएको छ । यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी