पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । 

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेपछि खानलाई देशबाहिर जान प्रतिबन्ध लागेको हो । 

अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा कतिपयले उनी फरार हुन सक्ने आँकलन गरेका थिए। कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि देशभर भड्किएको हिंसामा झण्डै १० मानिसको मृत्यु भएको थियो । उनीमाथि एन्टी टेरोरिज्म मुद्दामा झण्डै १४० मुद्दा दर्ता छन् । 

उनी गिरफ्तार भएपछि भड्किएको हिंसाको मामिलामा समेत मुद्दा दर्ता भएका छन् । मुद्दा हाल्नेमा सैनिकसमेत छ। पछिल्लो पटक सरकारले खानसहित झण्डै ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

खबरपाटी
खबरपाटी