कस्तो छ नेपालको विश्वकप छनोट प्रतियोगिताको यात्रा ? (तालिका सहित)

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्

कस्तो छ नेपालको विश्वकप छनोट प्रतियोगिताको यात्रा ? (तालिका सहित)

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन तीन टिम पुग्नेछन्। 

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेर आजदेखि तयारी थालेको छ ।

प्रारम्भिक टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा छन्। 

प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। 

नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका जाँदैछ। दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। 

नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

खेल तालिका:

आइतबार, १८ जुन

जिम्बाब्वे विरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
वेस्ट इन्डिज विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब

सोमबार, १९ जुन

श्रीलंका विरुद्ध युएई, क्वीन्स स्पोर्ट्स क्लब
आयरल्याण्ड विरुद्ध ओमान, बुलावायो एथलेटिक क्लब

मंगलबार, २० जुन

जिम्बाब्वे विरुद्ध नेदरल्याण्ड्स, हरारे स्पोर्ट्स क्लब
नेपाल विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब

बुधवार, २१ जुन

आयरल्याण्ड विरुद्ध स्कटल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
ओमान विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब

बिहीबार, २२ जुन

वेस्ट इन्डिज विरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्स विरुद्ध अमेरिका, ताकासिंगा क्रिकेट क्लब

शुक्रवार, २३ जुन

श्रीलंका विरुद्ध ओमान, क्वीन्स स्पोर्ट्स क्लब
स्कटल्याण्ड विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब

शनिबार, २४ जुन

जिम्बाब्वे विरुद्ध वेस्ट इन्डिज, हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्स विरुद्ध नेपाल, ताकासिङ्गा क्रिकेट क्लब

आइतबार, २५ जुन

श्रीलंका विरुद्ध आयरल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
स्कटल्याण्ड विरुद्ध ओमान, बुलावायो एथलेटिक क्लब

सोमबार, २६ जुन

जिम्बाब्वे विरुद्ध अमेरिका, हरारे स्पोर्ट्स क्लब
वेस्ट इन्डिज विरुद्ध नेदरल्याण्ड्स, ताकासिंगा क्रिकेट क्लब

मंगलबार, २७ जुन

श्रीलंका विरुद्ध स्कटल्याण्ड, क्वीन्स स्पोर्ट्स क्लब
आयरल्याण्ड विरुद्ध युएई, बुलावायो एथलेटिक क्लब‍

खबरपाटी
खबरपाटी

लोकप्रिय