नाकभित्र आएको रौंका कारण धेरैजसो मानिसले आफूलाई कुरूप ठान्छन्। तर तपाईंलाई थाहा छ, नाकभित्रको रौंले के काम गर्छ ? धेरैले यसरी रौँ आउनुलाई नराम्रो भनी काट्छन् तर नाकको कपालले तपाईंलाई स्वस्थ राख्नमा ठूलो भूमिका खेल्छ। तपाईंले फेर्ने स्वाशमा यसको अहं भूमिका छ।
मानिसहरूले यस्ता रौँहरू चिमोटेर वा कैँचीको सहायताले उखलिरहेका हुन्छन्। तर यस्तो कदापि गर्नु हुँदैन।
नाकको रौँ उखेल्दा घाउ हुनुका साथै संक्रमण पनि हुने गर्छ।
हामीले सास फेर्ने स्वाशमा आएका कणहरूलाई नाकमा पलाएका यस्ता रौँहरूले छेकिदिन्छन् अर्थात् हावालाई फिल्टर गरेर भित्र पठाउँछन्।
हाम्रो मुख र नाकको बीचमा अनुहारमा त्रिकोणीय आकारको क्षेत्र हुन्छ, यसले मस्तिष्कलाई काम गर्न मद्दत गर्छ। नाकबाट रगत निकाल्ने नसले मस्तिष्कबाट रगत लिने नसाहरूसँग मिलेर काम गर्छ। जब नाकको रौँ उखेलिन्छ तब कीटाणुहरू मस्तिष्कमा पुग्छन्।