शुक्रबार राष्ट्र बैङ्कले तोकेको मुद्रा विनिमयदर, अधिकांश मुद्रामा बढोत्तरी

शुक्रबार राष्ट्र बैङ्कले तोकेको मुद्रा विनिमयदर, अधिकांश मुद्रामा बढोत्तरी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको अमेरिकी डलर आज बढेर खरिदमूल्य १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ४७ पैसा पपपुगेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ २७ पैसा पुगेको छ । यसअघि एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८ पैसा तोकिएको थियो । 

यसैगरी आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रुपैयाँ १ पैसा, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेकोमा आज बढेर साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पुगेको छ । 
 

खबरपाटी
खबरपाटी