८२ किलो गाँजासहित दुईजना पक्राउ

महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

८२ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । 

ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि ट्र्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

खबरपाटी
खबरपाटी