म्यान्मामा २६.४ केजी हेरोइन बरामद

म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।

म्यान्मामा २६.४ केजी हेरोइन बरामद

काठमाडौं । म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।
गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको  कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६।४ केजी हेरोइन बरामद गरेको हो ।
 सो अबैध कारोबारमा संलग्न रहेको आशङ्कामा पाँच संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।  बरामद लागुऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट ९३१४,२८५ अमेरिकी डलर भन्दा बढी० रहेको बताइएको छ ।
संदिग्धहरूलाई  लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको  बताइएको छ ।रासस

खबरपाटी
खबरपाटी