साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ ।

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

काठमाडौं । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे  उल्लेख  गरेको छ।
प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर(तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ । 
 यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ। रासस 

खबरपाटी
खबरपाटी