चार्ल्स  तृतीय र क्यामिलालाई बाइडेनको बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ ।

चार्ल्स  तृतीय र क्यामिलालाई बाइडेनको बधाई

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ । उहाँले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उहाँहरूप्रति सद्भाव व्यक्त गर्नुभएको छ । 

लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भन्नुभएको छ । 

राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित वधाई सन्देशमा भन्नुभएको छ, “यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ ।”

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताउनुभएको थियो । 

“हामी युरोपमा नेटोको सम्मेलनमा जान लागेका छौं, र मैले ९चार्ल्स ० लाई उक्त अवसरमा भेट्नेछु,” बाइडनले एमएसएनबीसीसँग भन्नुभयो । 

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ ।

बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिनुभएको थियो । रासस

खबरपाटी
खबरपाटी