अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ ।

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

काठमाडौं । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।
 एफ(१६  लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९स्३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो।
युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो।
दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए।
लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर  लगायत अन्य संरचना नभाएकाले  अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । रासस

खबरपाटी
खबरपाटी