देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यकः नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यकः नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी उहाँले संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिष्ट शक्तिहरू मिल्नुको विकल्प नभएको समेत बताउनुभयो । “समाजमा रहेका सबै विभेद, असमानता र अन्यायको अन्त्यको आधार समाजवाद हो भन्ने कुरा दलहरू सबैले भनिरहेका छन् तर यो भन्ने र देखाउने विषयमात्रै होइन”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “समाजवादलाई व्यवहारमा ल्याउन जरुरी छ । त्यसका लागि हाम्रो पार्टीले देशभर सन्देश फैलाइरहेको छ ।”  रासस

खबरपाटी
खबरपाटी