काठमाडौं । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा शुक्रबारदेखि शुरु भएको दोस्रो चीन (वुहान) संस्कृति तथा पर्यटन प्रदर्शनीमा स्वदेश तथा विदेशका दुई हजारभन्दा बढी पर्यटन प्रदर्शकको सहभागिता रहेको छ ।
तीन दिने यस कार्यक्रमको उद्देश्य संस्कृति र पर्यटनको क्षेत्रमा नयाँ प्रविधि र उत्पादनहरू प्रदर्शन गर्नु हो । प्रदर्शनीले पर्यटन खपतलाई अझ बढावा दिन र चीनको संस्कृति र पर्यटन उद्योगको पुनरुत्थान र विकासलाई प्रोत्साहित गर्दछ ।
करिब ८० हजार वर्ग मिटरको क्षेत्रमा गरिने प्रदर्शनीले विभिन्न खालका आधुनिक तथा परम्परागत सङ्गीत प्रदर्शन जस्ता कार्यक्रमलाई महत्व दिएको छ ।
प्रदर्शनीले मनोरन्जनात्मक तथा उदीयमान पर्यटन गतिविधिहरू प्रदर्शन गर्ने मञ्चको रूपमा पनि काम गर्ने विश्वास लिइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग, संस्कृति तथा पर्यटन मन्त्रालय र हुबेई प्रान्तीय सरकारको संयुक्त प्रायोजनमा हरेक वर्ष वुहानमा प्रदर्शनी आयोजना हुँदै आएको छ ।रासस