श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित

श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

एजेन्सी । श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ ।

गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको हो । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गर्नुभएको हो ।

यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो । पोस्टल मतदान विधि अनुसार निर्वाचन तय गरेको श्रींलकाका लागि ५ सय मिलियन डलरको आवश्यकता रहेको आयोगले जनाएको छ । यद्दपी सरकारले उक्त रकम जुटाउन असमर्थ भएका कारण निर्वाचन स्थगित गरिएको बुझिएको छ ।

श्रीलंकामा ४ वर्षका लागि ३ सय ४० स्थानीय परिषदका नयाँ सदस्य नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ ।

खबरपाटी
खबरपाटी