हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

इरान समर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले आइतबार जनाएको छ ।

हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

काठमाडौं । इरान समर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले आइतबार जनाएको छ ।

सन् २०२२ को अक्टोबरमा समाप्त भएको युद्धविराम सम्झौता नवीकरण गर्ने व्यवस्थाबारे छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ । 

“यमनमा शान्ति स्थापना का लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो,” विज्ञप्तिमा भनिएको छ । यमन र साउदी अरब दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसङ्घको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि सक्रिय रूपमा लागिपरेको छ ।

 यमनी शूरा परिषद्का सदस्य तथा हुथी समूहका प्रमुख नेता मोहम्मद अल बुखैतीले सिन्ह्वालाई बताएअनुसार यमनका लागि साउदी राजदूत मोहम्मद अल जाबेर साउदी प्रतिनिधिमण्डलको प्रमुखका रुपमा शनिबार यमनको राजधानी आइपुग्नुभएको छ । हुथी समूहले शनिबार पनि साउदी अरबले रिहा गरेका १३ जना युद्धबन्दीलाई साउदी कैदीको बदलामा प्राप्त गरेको बताएको थियो ।

विशेष गरी साउदी अरब र इरानबीच तनाव कम गर्न र कूटनीतिक सम्बन्ध पुनः स्थापित गर्न हालैका चिनियाँ प्रयासहरू पछि यमनमा युद्ध अन्त्यका लागि शान्ति प्रयासहरू बढ्दै गएका छन् ।
 
यमनमा सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकू समूहले उत्तरी क्षेत्रका धेरै शहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो ।

साउदी अरब नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन सरकारलाई समर्थन गर्न यमनमा हस्तक्षेप गरेको थियो । यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ, ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पु¥याएको छ । रासस

खबरपाटी
खबरपाटी