नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ ।  उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् । 

उहाँले भन्नुभयो, “घटनामा ४६ जनाको मृत्यु भएको छ ।  धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ,” बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले एएफपीलाई बताउनुभयो । 

उहाँले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ । 

उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।”

आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । 

साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो । गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा नतिजामा भारी विलम्ब भएको र धाँधली भएको आरोप लगाउनुभएको थियो ।  

सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ ।

देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् । रासस

खबरपाटी
खबरपाटी