सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन्

सम्पादकहरूसँग माधव नेपालले भने– यो गठबन्धन पाँच वर्षसम्म टिक्छ

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । राजधानीमा बुधबार विभिन्न मिडियाका सम्पादकहरुसँगको भेटमा उनले गठबन्धनको आयुबारे प्रस्ट पारेका हुन् । वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ भन्ने आशंका नगर्न पनि उनले आग्रह गरे ।

‘तपाईंहरु ढुक्क भए हुन्छ, यो गठबन्धन पाँच वर्षसम्म जान्छ,’ एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले भने । मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको उनले दाबी गरे ।

‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढि चल्न सक्दैन भन्ने गरेका छन्,’ नेपालले भने, ‘त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईंहरु ढुक्क भए हुन्छ( यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ ।

राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौं ।’ उनले सत्तारुढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि जानकारी दिए ।

खबरपाटी
खबरपाटी