ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरु

काठमाडौंको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरु भएको छ ।

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरु

काठमाडौं । काठमाडौंको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरु भएको छ । लायन्स क्लव अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रवारदेखि शुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा उहाँले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा ५० चित्रकला प्रदर्शनमा राखिएको छ । रासस 

खबरपाटी
खबरपाटी