प्रधानमन्त्रीले भेटे राष्ट्रपति, नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ

प्रधानमन्त्रीले भेटे राष्ट्रपति, नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे

काठमाडौँ । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।

लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । 

नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २/२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।

खबरपाटी
खबरपाटी