महोत्तरी : परीक्षा केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु

महोत्तरीमा परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु

महोत्तरी : परीक्षा केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । महोत्तरीमा परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० मा श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असइ ललनकुमार राय पटेलको मृत्यु भएको हो ।

परीक्षा केन्द्रको सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।

रौतहटको गौर नगरपालिका वडा नम्बर २ का असइ पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत रहेका पटेलको उपचारका क्रममा क्रममा बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

खबरपाटी
खबरपाटी