आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
जनकपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गाईगोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेकाे छ । सोमबार साँझ राप्रपा जिल्ला कार्यसमिति धनुषाले गाईगोरुको हत्या, भ्रष्टाचारी र तस्करहरूलाई यथाशिघ्र कारबाही गर्न माग गर्दै मशाल जुलुस प्रदर्शन गरेकाे हाे ।
जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जनकपुरधाम उद्योग वाणिज्य संघबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको थियो ।
उक्त विरोध जुलुसमा राप्रपाका प्रदेश सांसद कन्चन विच्छासहित जिल्ला तथा केन्द्रीय स्तरका दर्जनौं नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।