काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले राजीनामा दिन लागेका छन्। खानेपानी मन्त्री खान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन अहिले बालुवाटार पुगेका छन्।
जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्। यदि संघमा आफूले मागेको मन्त्रालय नपाएमा मधेस प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ ।
अघिल्लोपटक मन्त्रिपरिषद् विस्तार गर्दा प्रचण्डले जनमतलाई उद्योग मन्त्रालय दिने वाचा गरेका थिए ।
तर शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै यथावत् राखिएपछि असन्तुष्टि बढेको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र खानेपानी मन्त्री खानबीच छलफल चलिरहेको छ ।