जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न आदेश दिएको छ।

जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्ध रिट दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो। 
एकल इजलासको यो आदेशपछि अब रिट दायर हुनेछ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दायर गर्न निवेदन दिएका थिए।
तर सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। उक्त दरपिठविरुद्ध इजलासमा दिएको निवेदनमा दरपिठ बदर हुने आदेश भएको हो।

खबरपाटी
खबरपाटी