काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताउनुभएको छ । महेन्द्रनगरमा आज एमाले कञ्चनपुरले आयोजना गरेको मिसन ग्रासरुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उहाँले यो अभियानले एमाले बलियो बन्ने बताउनुभएको हो ।
“यो अभियानबाट वडास्तरदेखी जिल्ला स्तरसम्मका कमिटीहरु व्यवस्थीत हुन्छन्”, नेता पौडेलले भन्नुभयो, “कमिटीहरु पुनःगठन गर्नुपर्ने, अन्तरविरोध व्यवस्थित गर्नुपर्ने सबै काम हुन्छ, यसले पार्टीलाई बलियो बनाउछ ।” एमालेका सबै कमिटी जनतासँग जोडिएर काम गर्ने उहाँको भनाइ थियो । उहाँले पार्टीमा गुट उपगुट नबनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“पार्टीभित्र गुट निर्माणमा कसैले पनि लाग्नुहुँदैन, गुटले पार्टी बलियो हुन सक्दैन”, उहाँले भन्नुभयो, “पार्टी बलियो बनाउन सबैले आआफ्नो स्थानबाट लाग्न जरुरी छ ।” पार्टीभित्रको द्वन्द्वले एमालेलाई ठूलो घाटा गरेको बताउँदै उहाँले अन्तरविरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । र चाडैँ तथ्य विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।
“कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला व्यक्ति तथा संस्थाबाट करिव ७० माग÷ध्यानाकर्षण पत्र दर्ता भएको छ, प्राप्त माग÷ध्यानाकर्षण पत्रको सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्था, विज्ञ तथा संवैधानिक आयोगका प्रतिनिधिको संलग्नतामा छलफल भइरहेको छ, साथै जातजातिसँग सम्बन्धित संवैधानिक आयोग तथा भाषा आयोगसँग प्रत्यक्ष छलफल गरी सुझाव लिने कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ । यही चैत्र १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । रासस