आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज सत्तारुढ गठबन्धको बैठक बस्दैछ । १० दलीय गठबन्धनको बैठक आज साँझ बस्ने बताइएपनि अहिलेसम्म समय भने तोकिसकिएको छैन । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बस्ने बताइएको छ । आजको बैठकमा सरकारलाई पूर्णता दिने र मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ । यद्यपी सत्तारुढ १० दलमा पार्टीहरुको आफ्नै आफ्नै आकंक्षाका कारण अझैसम्म सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसक्दा सरकारका काम कारबाहीहरु सुस्त हुँदै गएका छन् । प्रधानमन्त्री पíपकमल दाहालले विश्वासको मत लिएको ४ दिन भित्र नै सरकार बिस्तार गरिसक्ने भनेपनि एक हप्ता बितिसक्दा समेत गठबन्धनमा सहमति जुट्न नसकेको हो । आजको बैठकबाट मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ ।